कोरोना संक्रमणबाट नेपाल प्रहरीका डिएसपी केसीको निधन

  जेठ ०६, २०७८

काठमाडौं, जेठ ६ : नेपाल प्रहरीका डिएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ । वैशाख २२ गते कोरोना संक्रमण देखिएपछि महराजगञ्जस्थित प्रहरी अस्पतालमा भर्ना गरिएका केसीको उपचारको क्रममा बुधबार राति मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

काठमाडौको कागेश्वरी मनोहरी नगरपालिका मूलपानी स्थायी घर भएका केसी महानगरिय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए । एक वर्षअघि मात्रै परिसर सरुवा भएर आएका डिएसपी केसी नेपाल प्रहरीभित्र इमानदार छविका मानिन्छन् ।

तपाईको प्रतिक्रिया