भारतमा दैनिक थपिने संक्रमित घट्यो, मृत्युमा कमी आएन

  जेठ ०२, २०७८

काठमाडौं, जेठ २ : कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो मानवीय सङ्कट झेलिरहेको भारतमा कोरोना सङ्क्रमितको सङ्ख्यामा कमी आए पनि दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्या अझै स्थिर देखिएको छ । विगत २४ घण्टामा थप चार हजार ७७ जनाको मृत्यु भएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा तीन लाख ११ हजार नयाँ संक्रमित पुष्टि भएको छ। पछिल्लो चौबीस घण्टामा तीन लाख ६२ हजार संक्रमणमुक्त भएका छन् । शनिबार दैनिक मृत्यु दरमा सामान्य कमी आएर तीन हजार ८९० जनाको ज्यान गएको थियो । भारतमा हालसम्म कोभिड–१९ बाट मृत्यु भएकाको संख्या दुई लाख ७० हजार पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोभिड–१९ सङ्क्रमितको कुल सङ्ख्या दुई करोड ४६ लाख ८४ हजार पुगेको छ । दुई करोड सात लाख ९५ हजार व्यक्ति सङ्क्रमणमुक्त भएका छन् । भारतमा हालसम्म १८ करोड २२ लाख व्यक्तिले कोरोना बिरुद्धको खोप लगाएका छन् । कोभिडको ठूलै सङ्कट सामना गरिरहेको भारतमा हाल अक्सिजनको आपूर्ति समेतका अत्यावश्यक औषधि र अन्य स्वास्थ्य सेवाको चरम अभाव भएको छ ।

तपाईको प्रतिक्रिया