जसपा कार्यकारिणी समितिको बैठक आज डाकिएको छैन : ठाकुर

  जेठ ०१, २०७८

काठमाडौं, जेठ १ : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले पार्टी केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको बताउनुभएको छ ।

शनिवार एक विज्ञप्ति जारी गर्दै जसपा कार्यकारिणी बैठक आज १.०० बजेबाट पार्टी कार्यालयमा जारी रहेको भनी विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालबाट सूचना आएकोमा आफ्नो ध्यानाकर्षण भएको भन्दै विज्ञप्तिमा जसपको केन्द्रिय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यास्तो जानकारी नभएको उल्लेख गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया