हेटौँडा अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर

  जेठ ०१, २०७८

वाग्मती, जेठ १ : वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा शुक्रवार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा काठमाडौँबाट अक्सिजन कन्सन्ट्रेटर ल्याइएको छ । अक्सिजनको अभाव झेलिरहेको सो अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि अक्सिजन सिलिण्डरको मात्र भर परेर नहुने भएकोले हेलिकप्टर चार्टड गरी सो उपकरण ल्याइएको हो ।

अक्सिजन कन्सन्ट्रेटर हावामा भएको अक्सिजनलाई एकीकृत गर्ने एउटा विद्युतीय उपकरण हो । कन्सन्ट्रेटरले हावालाई फिल्टर गरेर शुद्ध अक्सिजन निकाल्ने काम गर्छ । यो लिक्विड अक्सिजनको जति शुद्ध नभए पनि सामान्य बिरामीका लागि प्रयोग गर्न सकिन्छ । यसले एक मिनेटमा ५ देखि १० लिटर अक्सिजन उपलब्ध गराउन सक्छ् ।

उहाँकै पहलमा छिमेकी जिल्लाबाट केही थान अक्सिजन सिलिण्डर आइपुगेको छ । थप सिलिण्डरहरु आउने बताइएको छ । अस्पतालमा अक्सिजनको कमी भएर सङ्क्रमितको ज्यान जाने अवस्था सृजना भएपछि मुख्यमन्त्री पौडेल दिनभर अक्सिजनको व्यस्थापन कार्यमा लाग्नुभएको थियो ।

विरामी उपचार गर्न नसक्ने
वाग्मती प्रदेशको राजधानी हेटौँडामा निजी क्षेत्रबाट सञ्चालीत चुरेहिल हस्पिटल प्रा.लि र मकवानपुर सहकारी अस्पतालले कोभिड-१९को बिरामी उपचार गर्न नसक्ने जानकारी गराएको छ । दुवैले संयुक्त प्रेस विज्ञप्ति निकाल्दै कोभिड सङ्क्रमितको सङ्ख्या बढ्नु र अक्सिजनको सिलिण्डर अभाव भएकाले उपचार गर्न नसक्ने जनाएको हो ।

तपाईको प्रतिक्रिया