सुर्खेतमा अक्सिजनकाे चरम अभाव, प्रदेश अस्पतालले बिरामी भर्ना लिन नसक्ने

  जेठ ०१, २०७८

सुर्खेत, जेठ १ : कोरोना सक्रमणका कारण बिरामी भए पछि शुक्रबार बिहान लेकवेशी नगरपालिकाकी ४० वर्षिय महिला उपचारका लागि प्रदेश अस्पताल ल्याइयो । अक्सिजनसहितको बेड नभए पछि उहाँलाई प्रदेश अस्पतालमा राख्न नसकिने भए पछि प्रदेश आयुर्वेद औषधालयमा ल्याइयो । त्यसको अघिल्लो दिन बिहीबार गुर्भाकोट नगरपालिकाका ४३ वर्षीय परुषलाई प्रदेश अस्पताल ल्याइयो ।

अस्पतालले अक्सिजनसहितको बेड अभाव देखाउँदै भर्ना लिएन् । अक्सिजनसहितको बेड नभए पछि उनलाई पनि प्रदेश आयुर्वेद औषधालयको आइसोलेशनमा ल्याइयो । प्रदेश आयुर्वेद औषधालयका प्रमुख डा. शंकर रिजालले प्रदेश अस्पतालमा अक्सिजनको अभावमा राख्न नसक्ने भए पछि आयुर्वेद अस्पतालमा रहेको आइसोलेशनमा भर्ना गरिएको बताउनुभयो ।

आयुर्वेद अस्पतालमा १४ जना बिरामीहको उपचार भइरहेको छ । उहाँले यही अनुसार बिरामी आइरहे यहाँ पनि अक्सिजनको अभावमा भर्ना गर्न नसकिने अवस्था रहेको बताउनुभयो । सुर्खेतमा अक्सिजनको चरम अभाव भए पछि प्रदेश अस्पताल सुर्खेतले बिरामी भर्ना लिन नसक्ने जानकारी दिएको छ ।

अस्पतालका निर्देशक डा. डम्मर खड्काले शुक्रबार सुचना जारी गरेर अक्सिजन आपूर्ति हुन नसकेको कारण अब थप बिरामी लिन नसक्ने जानकारी गराउनु भएको हो । प्रदेश अस्पतालमा मात्रै अहिले दैनिक तीन सय शिलिण्डर अक्सिजन आवश्यक पर्छ । त्यहाँ अहिले दुई वटा अक्सिजन प्लान्ट छन् । त्यस मध्य अस्पतालको पुरोना भवनमा रहेको विग्रेकाले अक्सिसन प्लान्ट बन्द छ ।

यहाँको उत्पादनले धानेर दैनिक अहिलेको अवस्थामा एक सय ५० शिलिण्डर आवश्यक पर्ने भए पनि नेपालगञ्जबाट दैनिक ५० वटा शिलिण्डर मात्र आउने गरेको छ । अस्पतालका कोरोना फोर्कल पर्सन डा.सञ्जिव भण्डारीले नेपालगञ्जबाट अक्सिजन ल्याउन नसकिएकाले यहाँ अक्सिजनको चरम अभाव भएको बताउनुभयो ।

प्रदेश अस्पतालमा अहिले दुई वटा भवनमा गरेर ९० जना बिरामीको उपचार भइरहेको छ । नयाँ भवनमा ३८ जनालाई पाइपलाइनबाट अक्सिजन दिइएको छ । उहाँले भन्नुभयो, ‘अक्सिजन कम भएकाले नयाँ बिरामी भर्ना लिन असमर्थ छौँ भनेका हौँ । यहाँ सुर्खेतका मात्रै नभएर अन्य जिल्लाका आउँछन् । बेड र जनशक्ति भए पनि अक्सिजन अभाव हुन थाले पछि समस्या भएको हो ।

कोरोना सक्रमणको दोस्रो लहर आएसँगै कोरोना सक्रमणको जोखिम बढेको छ । अहिलसम्म पाँच सय १५ जनाकोे उपचार भइरहेको छ । आइसियूमा एक सय एक जना र भेन्टीलेटरमा १० जनाको उपचार भइरहेको छ । अहिलेसम्म प्रदेशमा १३४ जनाको कोरोना सक्रमणका कारण मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया