शारीरिक व्यायाममार्फत शरीरमा अक्सिजनको मात्रा बढाउने तरिका

  जेठ ०१, २०७८

बढ्दो कोरोना सङ्क्रमणसँगै अक्सिजनको आपूर्तिमा आएको कमीले देशको स्वास्थ्य क्षेत्रमा जटिल समस्या देखिन थालेको छ । अक्सिनजको अभावमा मृत्युदर बढ्दो छ । जनमानसमा एकप्रकारको त्रासको वातावरण देखिएको छ । तर, सरकारले जारी गरेका सुरक्षा मापदण्डको पालना गर्ने, समाजिक दूरी कायम राख्दै मास्क र सेनिटाइजरको प्रयोग गरे आफूलाई सङ्क्रमित हुनबाट बचाउन सकिन्छ ।

यदि सङ्क्रमित भइहालेमा पनि आत्तिहाल्नुहुँदैन । आत्तिनाले शरीरमा अक्सिजनको माग झन् बढ्छ र शरीरमा अक्सिजन कमी हुन जान्छ । सङ्क्रमित भइहालेमा मेडिटेसन गर्ने, व्यायाम गर्ने, सकभर घोप्टो परेर सुत्ने गर्नुपर्छ । जसले शरीरमा अक्सिजनको मात्रा सन्तुलित राख्न सहयोग पु-याउँछ । जुन विभिन्न अध्ययनबाट समेत प्रमाणित भइसकेको छ । यस सन्दर्भमा हामीले पनि कोभिड बिरामीका लागि धेरैजसो व्यायाम समावेश गरी सामग्री तयार पारेका छौँ । जसको सहयोगले बिरामीले यस्ता व्यायाम विधिको प्रयोग गरी आफैँ पनि आफ्नो शरीरको अक्सिजनको मात्रा सन्तुलित भएको अनुभव गर्न सकिन्छ ।

श्वासप्रश्वाससम्बन्धी व्यायाम

गहिरो श्वासप्रश्वास
नाकबाट लामो सास तान्ने । चार सेकेन्ड श्वास भित्रै रोक्ने । मैनबत्ती फुकेको जसरी बिस्तारै सास बाहिर फाल्ने । यही प्रक्रिया तीनदेखि पाँच पटकसम्म दोहो¥याउने । दिनमा तीनपटक गर्ने ।

उत्तानो परेको अवस्थामा

एक हात छातीमा, अर्को हात पेटमाथि राख्ने । नाकबाट लामो सास तान्ने, ताकी पेट माथिको हात माथि उठोस् । चार सेकेन्ड सास भित्र रोक्ने । बिस्तारै सास मुखबाट बाहिर फाल्ने, ताकी पेटमा राखेको हात तल जाओस् । यही प्रक्रिया तीनदेखि पाँचपटकसम्म दोहो¥याउने । दिनमा तीन पटक गर्ने ।

बुटेको श्वास विधि
बिस्तारै सामान्य तरिकाले नाकबाट सास भित्र लिने र पेटलाई ठूलो बनाउने । भित्र लिएको सासलाई नाकबाट सामान्य तरिकाले बाहिर फाल्ने । नाकबाट एक÷दुई सेकेन्डमा छोटो सास भित्र लिने । भित्र लिएको सासलाई लामो गरेर पाँच सेकेन्डसम्म मुखबाट बाहिर फाल्ने । सास सबै बाहिर फालिसकेपछि तीन सेकेन्ड सास रोक्ने । बिस्तारै अझ समान्य तरिकाले नाकबाट सास लिने । यो प्रक्रिया केही समय दोहो¥याउने ।



इन्सेन्टिभ स्पाइरोमिटर
मुखपट्टिको भागलाई मुखमा राखेर गहिरो सास बिस्तारै भित्र तान्ने । सकेसम्म पहिलो दुई बललाई माथि उठाउन खोज्ने । माथि उठेको बललाई तीन सेकेन्डसम्म माथि नै अड्काउने । नाकबाट सास बाहिर फाल्ने र दुवै बल आफ्नै स्थानमा झर्नेछ । यसरी एकपटक १०÷१५ पटक बल उठाउन सकिन्छ र प्रत्येक दुई घण्टामा व्यायामलाई दोहो¥याउन सकिन्छ ।



पोजिसनिङ

घोप्टो पल्टिने

बिरामीलाई पेटको बलमा पल्टिन दुईवटा सिरानी कम्मरमुनि, दुईवटा छातीमुनि, एउटा सिरानी टाउको र खुट्टामुनि राखेर सुत्न लगाउने । कोभिड सङ्क्रमित बिरामीले यो अवस्थामा दुई घण्टा वा बढी समयसम्म सहन सक्नेजति पल्टिन मिल्छ र त्यसपछि अन्य सरल अवस्थामा बस्न सक्छ र प्रत्येक दिन १६ घण्टा यो अवस्थामा राख्ने सुझाव दिइन्छ ।

सास फेर्न सजिलो र श्वासप्रणालीको बोझ कम गर्ने विधि
बसेर अगाडि ढल्किने । सजिलो कुर्सीमा बस्ने र आफ्नो अगाडि एउटा टेबुलमाथि सिरानी राखेर त्यसमा अडेस लिने र घाँटी एकापट्टि फर्काएर टाउको बिसाउने । आफूलाई सहज भएसम्म यो अवस्थामा बस्ने र सास भित्र–बाहिर फेरिराख्ने । यसले श्वासप्रश्वासको कार्यबोझलाई घटाउँछ ।



पाखुराको अभ्यास

हातलाई सास मिलाएर माथि र तल गर्ने
उत्तानो परेको बेलामा दुवै हात समाएर टाउकोभन्दा माथितिर आफूले सकेजति पूरै लाने र फेरि हातलाई पुरानै अवस्थामा ल्याउने । हात माथि उठाउने बेला नाकबाट गहिरो सास भित्र लिने र तल झार्ने बेला मुखबाट सास बाहिर फाल्ने । यो अभ्यास कम्तीमा १० पटकसम्म दोहो¥याउने ।

हातलाई साइडबाट सास मिलाएर चलाउने
उत्तानो परेर पाखुरालाई साइडबाट माथि लाने र तल ल्याउने । पाखुरा माथि लाने बेलामा नाकबाट गहिरो सास लिने तल झार्ने बेला मुखबाट सास बाहिर फाल्ने ।

खुट्टाको अभ्यास

सास मिलाएर पैताला माथि तल गर्ने
आफैँले पैताला आफूतिर तान्ने र तल पठाउने । यो प्रक्रिया सकेसम्म बारम्बार नाकबाट सास भित्र तानेर र मुखबाट बाहिर फालेर दोहो¥याउने । पाँच÷दसपटक दुई सेट दोहो¥याउने । यसले तपाईंको खुट्टामा रगत जम्न दिँदैन र रक्त सञ्चालन राम्रो गर्छ ।

खुट्टा चलाउने अभ्यास
एउटा खुट्टा सिधा बेडमा राखी अर्को खुट्टाको घुँडा खुम्च्याउने र खुम्चेको घँुडालाई सिधा बनाएर सिधा खुट्टालाई खुम्च्याउने । यसरी साइकल चलाएझैँ पाँच÷दसपटक गरी दुई सेट दोहो¥याउने ।

हफिङ विधि
(कोभिड बिरामीका लागि खोक्नेभन्दा उपर्युक्त व्यायाम) नाकबाट लामो सास भित्र तान्ने र मुखबाट बेस्सरी छोटो सास बाहिर फाल्ने (सिसाको झ्यालमा मुखले बाफ निकालेको जस्तै ‘हफ’ गर्ने या ‘हा’ उच्चारण गरेजसरी गर्ने । यो प्रक्रिया एक÷दुईपटक दोहो¥याउने । आरामले खोक्ने र खकार निकाल्ने प्रयास गर्ने ।

खोक्ने विधि
(सास फेर्न गाह्रो वा समस्या भएको बिरामीका लागि उपयुक्त नभएको) नाकबाट गहिरो सास भित्र तान्ने र दुई÷तीनपटक खोक्ने । पाँचपटकसम्म दोहो¥याउने ।
बसेर जिउ घुमाउने ः खाटमा वा खुला कुर्सीमा बसेर माथिल्लो शरीरलाई बायाँ र दायाँ पाँच सेकेन्ड तन्काउने ।

व्यायाम गर्ने अनुक्रम
श्वासप्रश्वाससम्बन्धी व्यायाम : खुट्टाको अभ्यास– थकाइ मार्ने– श्वासप्रश्वाससम्बन्धी व्यायाम– थकाइ मार्ने– पाखुराको अभ्यास– थकाइ मार्ने– इन्सेन्टिभ स्पाइरोमिटर– थकाइ मार्ने– हफिङ विधि– थकाइ मार्ने– पोजिसनिङ ।

नोट
अभ्यास गर्ने समयमा खोक्दा, हफिङ गर्दा सङ्क्रमण पैmलिन नदिन मास्कको प्रयोग गर्ने ।
आफ्नो सहनशक्ति र सहजताको स्तरअनुसार व्यायाम गर्ने समय बढाउँदै लाने ।
अस्पतालमा कोभिड बिरामीको चाप बढ्दै गएकाले यो चार्ट कोभिड बिरामीका लागि बनाइएको हो । व्यायाम गराउँदा बिरामी र स्वास्थ्यकर्मीको सम्पर्क कम होस् र बिरामीले घरमै बसेर पनि व्यायाम गर्न सकोस् ।
सम्पूर्ण बिरामीलाई व्यायाम चार्टमा सल्लाह दिएजस्तै गर्ने सुझाव दिइन्छ । यदि केही शङ्का वा अलमल भएमा उपयुक्त स्वास्थ्यकर्मीलाई अथवा डाक्टर-स्टाफको राउन्डमा सोध्न सकिन्छ ।
सम्पूर्ण अभ्यास दक्ष कार्डियो रेस्पिरेटरी फिजियोथेरापिस्टको परामर्शअनुसार बनाइएको छ र विभिन्न खोजद्वारा पुष्टि गरिएको छ । तर कुनै पनि व्यायाममा असहजता भएमा अभ्यास रोकी उपलब्ध फिजियोथेरापिस्ट वा डाक्टरको पारमर्श लिनुहोला ।

सावधानी
यदि निम्न समस्या भएमा व्यायाम नगर्नुहोला र डाक्टरसँग वा अस्पतालमा सम्पर्क गर्नुहोला ।
अनियन्त्रित ज्वरो । बसेको बेला पनि धेरै सास फेर्न गाह्रो भएमा । छाती दुखेमा । खुट्टा सुनिन थालेमा । एस्पिओटु ९० प्रतिशतभन्दा कम भएमा । रिङ्गटा लागेमा ।

(डडेल्धुरा अस्पतालका फिजियोथेरापिस्ट डा सुरज लेखकद्वारा लेखिएको यो स्वास्थ्य सचेतनामूलक यो आलेख गोरखापत्र अनलाइनबाट लिइएको हो ।)

तपाईको प्रतिक्रिया