जापानद्वारा थप तीन राज्यमा स्वास्थ्य सङ्कट बिस्तार

  जेठ ०१, २०७८

काठमाडौं, बैशाख ३१ : कोभिड–१९ वृद्धि भएको भन्दै जापानी प्रधानमन्त्री योशीहिदा सुगाले शुक्रबार होक्काइदो, ओकायामा र हिरोशिमा क्षेत्रहरूमा स्वास्थ्य सङ्कट बिस्तार गर्ने घोषणा गर्नुभएको हो ।

सरकारले यसअघि टोकियो, ओसाका, ह्योगो र क्योटोमा स्वास्थ्य सङ्कटको अवस्था मे अन्त्यसम्मका लागि विस्तार गरेको छ र यसलाई आइची र फुकुओका क्षेत्रमा पनि विस्तार गर्ने बताएको छ ।

यसैबीच, सरकारले गुन्मा, इशिकावा र कुमामोटो प्रान्तहरूमा स्वास्थ्य क्षेत्रमा अर्ध–सङ्कटकाल विस्तार गर्ने पनि प्रधानमन्त्री सुगाले बताउनुभयो ।

स्वास्थ्य कार्यदलको बैठकमा सुगाले भन्नुभयो, “होक्काइडो, ओकायामा र हिरोशिमामा सङ्क्रमण बढेका कारण कडा प्रतिबन्ध लगाउनुपर्ने देखिएको छ । आइतबारदेखि मे ३१ सम्म मद्यपान गर्न र रेष्टुरेन्टहरूमा प्रतिबन्ध लगाइएको थियो ।

तपाईको प्रतिक्रिया