कोभिड संकट समाधानका लागि एकतावद्ध भएर अघि बढन आह्वान

  जेठ ०१, २०७८

काठमाडौं, वैशाख ३१ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड संकट समाधानका लागि एकतावद्ध भएर अघि बढन सबैलाई आह्वान गर्नुभएको छ ।

शुुक्रबार सपथग्रहण गरे लगत्तै सिंहदरवारस्थित मन्त्रालयमा पुुगेर पदभार ग्रहण गर्नु भएका उहाँले कोभिड संकटले जनतालाई प्रताडित तुल्याएको उल्लेख गर्दै ती समस्या समाधानमा केन्द्रित भएर लाग्न सबै राजनीतिक दल, नागरिक समाज, सामाजिक अभियन्ता, संघ, संस्था, उद्योगी व्यवसायी सबैलाई आग्रह गर्नुभयो ।

त्यस अवसरमा मन्त्री गुरुङले कोभिडले ल्याएको संकट समाधानका लागि ‘कोभिड फोकस’ कार्यक्रम तत्काल ल्याई कार्यान्वयनमा लैजाने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । “कोभिडका कारण सर्वसाधारणले ज्यान गुमाउनु परेको छ, संक्रमणको प्रताडना व्यहोर्नु परिरहेको छ,” मन्त्री गुरुङले भन्नुभयो, “त्यसो हुन नदिन मन्त्रालयले भोभिड फोकस कार्यक्रम तत्काल घोषणा गरी कार्यान्वयन गर्नेछ ।”

उहाँले मन्त्रालय मातहतका सबै निकायलाई कोभिड संकट समाधानमा केन्द्रित भएर काम गर्न पनि सचेत गराउनु भयो । पदभार ग्रहण गर्दै उहाँले ‘एनटीभी समृद्धी यात्रा’ कार्यक्रम पनि स्वीकृत गर्नुभएको छ । समृद्ध नेपालः सुुःखी नेपालीको राष्ट्रिय संकल्पलाई पूरा हने गरी एनटिभीबाट कार्यक्रम प्रशारण गर्न सो कार्यक्रम स्वीकृत गरिएको मन्त्री गुरुङले स्पष्ट पार्नुभयो ।

सञ्चारको माध्यामबाट, विकासको माध्यामबाट, सामाजिक रुपान्तरणको माध्यामबाट र समावेशी सहभागिताको माध्यमबाट कसरी सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सार्नु भएको समृद्धिको गन्तव्यमा पुुग्न सकिन्छ भन्ने कुरालाई सञ्चारको माध्यमबाट अघि बढाउन सो कार्यक्रम ल्याइएको मन्त्रालयले जनाएको छ ।

मन्त्री गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको समक्ष नेतृत्वमा मुलुक समृद्ध हुने उल्लेख गर्दै त्यसमा प्रतिवद्ध भएर लागिपर्ने पनि दोहो¥याउनुभयो । उहाँले पहिलो कार्यकालमा आफूूले पूरा गर्न नसकेका दूर सञ्चार, आमसञ्चार, हुलाक सेवालगायतको कामलाई छिट्टै पूरा गर्ने कार्ययोजना रहेको जानकारी दिनुभयो ।

सो अवसरमा मन्त्रालयका सचिवसचिव हरिप्रसाद बस्यालले मन्त्री गुरुङको सबल नेतृत्वमा आफूहरुको मन्त्रालयको कामलाई अघि बढाईरहेको उल्लेख गर्दै मन्त्रालयलाई नमुनायोग्य मन्त्रालयको रुपमा विकास गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया