भारतमा एकैदिन चार हजार सङ्क्रमितको मृत्यु

  बैशाख ३१, २०७८

काठमाडौं, बैशाख ३१ : भारतमा कोरोनाभाइरसका तीन लाख ४३ हजार १४४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १८ लाख ७५ हजार ५१५ जनाको परीक्षण गरिएको थियो । भारतमा हाल ३७ लाख चार हजार ८९३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल बिरामीको संख्या दुई करोड ४० लाख ४६ हजार ८०९ पुगेको छ । पछिल्लो चौबीस घण्टामा चार हजार सङ्क्रमितको मृत्यु भएको छ । गत् बुधबार कोरोना सङ्क्रमणले चौबीस घण्टामा हुने मृत्यु सबैभन्दा बढी चार हजार २०५ दत्र्ता गरिएको थियो ।

हालसम्म दुई लाख ६२ हजार ३१७ सङ्क्रमितको मृत्यु भएको छ । भारतमा हालसम्म १७ करोड ९२ लाख ९८ हजार ५८४ जनाले कोभिड १९ बिरुद्धको खोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया