बैंकबाट निश्चित सेवामात्र प्रवाह

  बैशाख ३०, २०७८

काठमाडौँ, वैशाख ३० : न्यून कर्मचारी राखेर सेवा सञ्चालन गर्दै आएका बैंकहरूले अब निश्चित सेवा मात्र प्रवाह गर्ने भएका छन् । नेपाल बैंकर्स सङ्घको आज बसेको बैठकले निश्चित शाखाबाट सम्पूर्ण सेवा प्रवाह हुँदा जोखिम बढेको भन्दै शुक्रबारदेखि विभिन्न ५ सेवा मात्र प्रवाह गर्ने निर्णय गरेको हो ।

सङ्घले सबै बैंकलाई खाताबाट नगद झिक्ने, खातामा रु ५० हजारभन्दा बढी रकम जम्मा गर्ने, रकम स्थानान्तरण (चेक, कनेक्ट आईपीएस) आरटी जीएस), विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापार गर्न निर्देशन दिएको छ । न्यूनतम रु ५० हजारभन्दा कम जम्मा (डिपोजिट) नगर्ने निर्णय भएको सङ्घका अध्यक्ष भुवन दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार बैंकबाट पटक-पटक हुने कारोबारलाई निरुत्साहित गर्द नेपाल राष्ट्र बैंकको अनुमतिमा उक्त निर्णय गरिएको हो ।

सङ्घले सरकारले अत्यावश्येक सेवा बाहेक घरबाट बाहिर ननिस्कन गरेको आग्रहको पालना गर्दै डिजिटल बैंकिङ कारोबारको प्रयोग गर्न आग्रह गरेको छ । बैंकले निश्चीत सेवा प्रवाह गर्ने भएपछि अब कर्जा सेवा, नयाँ खाता खोल्ने लगायतका कामहरू रोकिने भएका छन् ।

तपाईको प्रतिक्रिया