उपत्यकामा तीन हजार ५६२ जनामा सङ्क्रमण पुष्टि

  बैशाख ३०, २०७८

काठमाडौं, बैशाख ३० : काठमाडौं उपत्यकामा कारोनाभाइरसका तीन हजार ५६२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरि आठ हजार ८४२ सङ्क्रमित थपिएकोमा उपत्यकाका तीन हजार ५६२ जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा तीन हजार ५६२ जना जनामा सङ्क्रमणको पुष्टि भएको उल्लेख गरेको छ । काठमाडौंमा दुई हजार ७३३, ललितपुरमा ४८१ र भक्तपुरमा ३४८ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौंमा हाल ३१ ह्जार ७३, ललितपुरमा छ हजार ८४० र भक्तपुरमा चार हजार ७५३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । काठमाडौंमा हालसम्म एक लाख २४ हजार ४५२ जना, ललितपुरमा १९ हजार २१५ जना र भक्तपुरमा दश हजार ६१४ जना कोरोनामुक्त भएका छन् । काठमाडौंमा हालसम्म एक हजार सात जना, ललितपुरमा २७२ जना र भक्तपुरमा २०१ जनाको कोरोना सङ्क्रमणले मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया