आठ हजार ८४२ संक्रमित थपिए, पाँच हजार ५५ कोरोनामुक्त, २१४ को मृत्यु

  बैशाख ३०, २०७८

काठमाडौं, वैशाख ३० : नेपालमा कोरोनाभाइरसका आठ हजार ८४२ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १९ हजार ४७४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ८४२ मा सङ्क्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार ५५ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । सोही अबधिमा २१४ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया