तीन दिनमा १७ हजार ३४१ अक्सिजन सिलिण्डर वितरण

  बैशाख ३०, २०७८

काठमाडौं, बैसाख ३० : सरकारले तीन दिनमा १७ हजार ३४१ अक्सिजन सिलिण्डर वितरण अस्पतालहरुलाई वितरण गरेको छ । अक्सिजन सिलिण्डर माग भएका काठमाडौं उपत्यकाका अस्पतालहरुलाई सिलिण्डर वितरण गरेको कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी) सचिवालयका सहसचिव नुरहरी खतिवडाले जानकारी दिनुभयो ।

सिसिएमसीले बैसाख २७ गते ७७ अस्पतालमा तीन हजार ४११ वटा , बैसाख २८ गते एक सय १२ वटा अस्पताललाई छ हजार ४५७ वटा र बैसाख २९ गते एक सय ११ वटा अस्पताललाई सात हजार ४७३ अक्सिजन सिलिण्डर वितरण गरेको खतिवडाले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट वितरण हुँदै आएको अक्सिजन सिलिण्डरलाई बजारमा अभाव हुन नदिन भन्दै काठमाडौं उपत्यकाको लागि सिसिएमसी सचिवालयले वितरण गर्ने जिम्मा लिएको थियो ।

सिलिण्डरको अभाव भएसँगै नेपाल प्रहरीको सहयोगमा बजार अनुगमन गरी भेटिएका खाली सिलिण्डर संकलन गरी अस्पतालहरुलाई वितरण गरिएको जनाएको छ । थप व्यवस्थापनका लागि मन्त्रीपरिषद्ले ५० हजार खालीसिलिण्डर विदेशबाट ल्याउने समेत निर्णय गरेको छ । २० हजार सिलिण्डर चीनबाट अनुदानमा ल्याउने भने पनि ४०० वटा भने ल्याई सकेको छ ।

तपाईको प्रतिक्रिया