उद्योग वाणिज्य महासंघमा कोभिड–१९ सहायता केन्द्र स्थापना

  बैशाख ३०, २०७८

काठमाडौँ, वैशाख २९ : नेपाल उद्योग वाणिज्य महासंघमा मुलुकमा बढ्दो कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गरी सर्वसाधारणको जीवन रक्षामा सहयोग पु-याउने उद्देश्यले कोभिड–१९ सहायता केन्द्र स्थापना गरिएको छ ।

महासंघका पदाधिकारी र सम्बद्ध अधिकारीको हालै बसेको बैठकले केन्द्र स्थापना गर्ने निर्णय गरेको महासंघले आज जनाएको छ । केन्द्रको समन्वय महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गर्नुभएको छ ।

केन्द्रलाई प्रभावकारी बनाउन अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि रामचन्द्र संघई र सौरभ ज्योति, अस्पताल-आइशोलेशन केन्द्र सहजीकरणका लागि हेमराज ढकाल र रवीन श्रेष्ठ तथा अस्पताल व्यवस्थापनका लागि इ देशबन्धु बस्नेत, बाबुकाजी कार्की र डा केयुर गौतमलाई सम्पर्क व्यक्ति तोकी जिम्मेवारी बाँडफाँटसमेत गरिएको छ ।  

साथै एम्बुलेन्स-आइशोलेशन केन्द्रका लागि रञ्जितराज आचार्य, औषधि-मेडिकल उपकरणका लागि प्रबलजङ्ग पाण्डे र भक्त हमाल तथा होटल-हवाई यातायातका लागि ज्योत्सना श्रेष्ठ, विनायक शाह र विनोद सापकोटालाई जिम्मेवारी तोकिएको छ । केन्द्रबाट सेवा लिन महासंघ सचिवालयका सम्पर्क अधिकृतद्वय हरि पौड्याल  (९८०१०९६८१२) र रिंकु घिमिरे (९८०११९२५९१) लाई टेलिफोन वा एसएमएसमार्फत सम्पर्क गरी आपूmलाई आवश्यक सेवा टिपाउन सकिने महासंघले जनाएको छ ।  

केन्द्रमा तोकिएको जिम्मेवारीअनुसार सदस्यले महासंघका सदस्य, उद्यमी व्यवसायी एवं सर्वसाधारणको मागअनुसार सेवा प्रवाह गर्न सहजीकरण र समन्वयका लागि सम्बन्धित निकायसँग पहल गर्नुहुनेछ । एफएनसिसिआई अपरेशन कोभिड रिलिफ नेपाल अभियानअन्तर्गत महासंघले यसअघि हेल्लो डाक्टर सञ्चालनमा ल्याई कोरोना संक्रमणमा परेकालाई चिकित्सकबाट स्वास्थ्य परामर्श दिने कार्यको शुरुआत गरिसकेको जनाइएको छ । 

तपाईको प्रतिक्रिया