रुपन्देहीमा हेलिकाेप्टरबाट ल्याइयो अक्सिजन सिलिण्डर

  बैशाख ३०, २०७८

भैरहवा, वैशाख २९ : अस्पतालमा अक्सिजनको अभावमा धेरैको ज्यान जान थालेपछि रूपन्देहीमा सेनाको हेलिकप्टरबाट अक्सिजन ल्याइएको छ । नेपाली सेनाको एमआई ७० हेलिकप्टरबाट ५० थान सिलिण्डर भैरहवा विमानस्थलमा ल्याएर अस्पतालमा पठाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनुभयो ।

‘अक्सिजन अभाव भएपछि धेरैको ज्यान जान थाल्यो, रुपन्देहीको उत्पादनले थामेन त्यसैले तत्काल समस्या समाधानमा लागि ५० थान ल्याइ पु¥याइएको छ, ’प्रजिअ तामाङले भन्नुभयो । उहाँले हेलिकप्टरबाट ल्याइएका अक्सिजनमध्ये भैरहवास्थित भिम अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको जानकारी दिनुभयो ।

अहिले नेपाली सेनाले बाराको सिमराबाट र चितवनबाट ५० थान सिलिण्डर ल्याइपु-याएको र बिहीबार बिहान दुई पटक गरी थप एक सय थान सिलिण्डर ल्याइ पु¥याइने प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो । यसका साथै बुटवलबाट पोखरा, चितवन, बिरगन्ज, विराटनगर लगायतका स्थानहरुमा खाली सिलिण्डर पठाइएको र ती सिलिण्डरहरु समेत सडकमार्गबाट आउने क्रममा रहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया