कर्णालीमा तीन नयाँमन्त्रीकाे सपथ बिहीबार हुने

  बैशाख २९, २०७८

सुर्खेत, वैशाख २९ : कर्णाली प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रालय फुटाएर बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो । माओवादी केन्द्रकै नयाँ तीन जनालाई मन्त्रीमा नियुक्त गरिएको छ । नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम (बिहीबार) बिहान ११ बजे तय गरिएको छ ।

मुख्यमन्त्री शाहीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सामाजिक विकास मन्त्रालय अन्र्तगत रहेको युवा तथा खेलकुद महाशाखालाई गाभेर आन्तरिक मामिला कानुन, युवा तथा खेलकुद मन्त्रीमा सुर्खेतका विन्दमान विष्टलाई नियुक्त गर्नु भएको छ । यस्तै भौतिक पुर्वाधार विकास मन्त्रालय फुटाएर जलस्रोत तथा उर्जा विकास मन्त्रालय बनाइएको छ । उक्त मन्त्रीमा सुर्खेतकै सीताकुमारी नेपालीलाई नियुक्ति गरिएको छ ।

उक्त मन्त्रालय फुटे पछि भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय भएको छ । मुख्यमन्त्री शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा रुकुमपश्चिमका गोपाल शर्मालाई नियुक्ति गर्नुभएको छ । बुधबार मात्रै आन्तरिक मामिला तथा कानुन मन्त्री र आर्थिक मामिल तथा योजना मन्त्री बिमला केसीले राजिनामा दिए पछि उहाँहरुलाई नियुक्त गरिएको हो ।

मुुख्यमन्त्री शाहीले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी भने आफैलाई राख्नुु भएको छ । यस अघि फ्लोर क्रस गर्ने पूर्व प्रदेशसभा सदस्य उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नन्दसिंह बुढा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा अम्मरबहादुर थापा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा कुर्मराज शाहीलाई नियुक्ति गर्नुभएको थियो । 

तपाईको प्रतिक्रिया