१६८ संक्रमितको मृतक, जम्मा मृतक संख्या चार हजार २५२ पुग्यो

  बैशाख २९, २०७८

काठमाडौं, वैशाख २९ : नेपालमा कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा १६८ सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भएको मृत्यु मंगलबार २४ घण्टाको अपेक्षा कम हो । मंगलबार २४ घण्टामा हालसम्मकै सबैभन्दा बढी २२५ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले कोभिड-१९ सम्बन्धी पत्रकार सम्मेलनमा २४ घण्टामा नौ हजार २३८ जना सङ्क्रमित थपिएको र चार हजार ४४४ जना कोरोनामुक्त भएको जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको हो । कोरोना सङ्क्रमणबाट नेपालमा हालसम्म चार हजार २५२ जनाले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया