चीनबाट अक्सिजन सिलिन्डर बोकेको जहाज काठमाडौं आइपुग्यो

  बैशाख २८, २०७८

काठमाडौं, वैशाख २८ : चीनको बेइजिङबाट अक्सिजन सिलिन्डर बोकेको नेपाल एयरलाइन्सको जहाज काठमाडौं आइपुगेको छ ।

चार सय अक्सिजन सिलिन्डर लिएर आज दिउँसो ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

उक्त जहाजले ४ सय सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर लगायत भेन्टिलेटरका सामान ल्याएको हो । चीनले अनुदानमा दिएका २० हजार अक्सिजन सिलिन्डरमध्ये चारसय थान आज ल्याइएको हो ।

तपाईको प्रतिक्रिया