रुसी विद्यालयमा गोली प्रहार, आठ बालबालिकासहित नौ जनाको मृत्यु

  बैशाख २८, २०७८

काठमाडौं, वैशाख २८ : रुसको कजान शहरस्थित एक विद्यालयमा गोली प्रहारको घटनामा आठ बालबालिकासहित नौ जनाको मृत्यु भएको छ । राजधानी मस्कोभन्दा करिब ८२० किलोमिटर पूर्वमा रहेको कजान शहरमा भएको उक्त घटनामा एकजना शिक्षकको मृत्यु भएको छ ।

बीबीसीका अनुसार स्थानीय सञ्चारमाध्यमले दुई जनाको समूह विद्यालयमा प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गरेकाे उल्लेख गरेको छ। उक्त घटनाको क्रममा समूहले एकजना १७ वर्षीय युवालाई बन्धक बनाएको छ । घटनाको क्रममा विष्फोटको अावाज सुनिएको जनाइएको छ ।

कजान ‘मुस्लिम रिपब्लिक अफ ततारस्तान’ अन्तर्गत पर्छ । घटनाको थप विवरण अझै आउन बाँकी नै रहेको बीबीसीले उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया