नौ हजार १२७ संक्रमित थपिए, चार हजार सात निकाे भए, १३९ को मृत्यु

  बैशाख २७, २०७८

काठमाडौं, वैशाख २७ : पछिल्लो २४ घण्टामा कोरोनामा ९ हजार १२७ नयाँ सक्रमित थपिएका छन् भने १३९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । साथै सो अवधिमा चार हजार सात जना निको हुनु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सो अवधिमा १८ हजार ४११ जनाको आरसीपीसीआर टेस्ट गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार लाख ३७९४ पुगेको जनाएको छ । त्यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

हाल ९३ हजार १४१ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । मन्त्रालयका अनुसार हाल ४२७ जना क्वारेन्टिनमा छन् । हालसम्म तीन लाख ६७९४ निको भएकोमा आज सम्म तीन हजार ८५९ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया