भारतको उत्तराखण्ड प्रवेशका लागि कोरोना नेगेटिभ अनिवार्य

  बैशाख २७, २०७८

काठमाडौं, वैशाख २७ : भारतको उत्तराखण्ड राज्यमा प्रवेशका लागि कोरोनाभाइरसको रिपोर्ट नेगेटिभ हुनुपर्ने मापदण्ड लागू गरिएको छ । उत्तराखण्डको राज्य सरकारले सोमबार उक्त मापदण्ड निर्धारण गरेको हो ।

बाहिरबाट उत्तराखण्डको सीमामा प्रवेश गर्नेलाई तीन दिन अघिसम्मको नेगेटिभ रिपोर्ट आएको हुनुपर्ने समाचार संस्था एएनआईले उल्लेख गरेको छ । परीक्षण भने आरटीपीसीआर हुनुपर्छ । उत्तराखण्डमा १८ मईसम्मका लागि कफ्रयु जारी गरिएको छ ।

उत्तराखण्डमा आइतबार मात्रै पाँच हजार ८९० जना सङ्क्रमित पहिचान गरिएको थियो । २४ घण्टाभित्र १८० सङ्क्रमितको मृत्यु भएको छ । महामारी सुरु भएयता २४ घण्टामा मृत्यु भएको र सङ्क्रमित फेला परेको सङ्ख्या अत्यधिक हो ।

तपाईको प्रतिक्रिया