भारतमा एकैदिन तीन लाख ६६ हजार सङ्क्रमित थपिए, तीन हजार ७५४ को मृत्यु

  बैशाख २७, २०७८

काठमाडौं, वैशाख २७ : भारतमा कोरोनाभाइरसका तीन लाख ६६ हजार सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १४ लाख ७४ हजार ६०६ जनाको परीक्षण गरिएकोमा तीन लाख ६६ हजार १६१ सङ्क्रमित थपिएका हुन् ।

समाचार संस्था एएनआईका अनुसार पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै भारतमा कुल सङ्क्रमित दुई करोड २६ लाख ६२ हजार ५७५ पुगेको छ । पछिल्लो चौबीस घण्टामा तीन हजार ७५४ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । हालसम्म भारतमा कोरोना सङ्क्रमणबाट दुई लाख ४६ हजार ११६ जनाको मृत्यु भएको एएनआईले उल्लेख गरेको छ ।

पछिल्लो २४ घण्टामा तीन लाख ५३ हजार ८१८ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म एक करोड ८६ लाख ७१ ह्जार २२२ सङ्क्रमित निको भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा हालसम्म १७ करोड एक लाख ७६ हजार ६०३ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया