उपत्यकाका प्रजिअको बैठक : भोलि बेलुकासम्म निषेधाज्ञा थप्नेबारे निर्णय आउन सक्ने

  बैशाख २७, २०७८

काठमाडौं, वैशाख २८ : कोरोना सङ्क्रमणको बढ्दो अवस्थालाई दृष्टिगत गरेर काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायबीच बैठक दैनिक जसो भइरहेका छन् । यसै बीच आजको बैठकले जारी निषेधज्ञा थप्ने वा नथप्ने विषयमा भोलि बेलुका सम्म निर्णयमा पुग्ने बताएको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराइले भोलि बेलुकासम्म जारी निषेधाज्ञा कति दिन थप्ने भन्ने विषयमा निर्णयमा पुग्ने गोरखापत्र अनलाइनलाई जानकारी दिनु भयो । आज बसेको वैठकले कोरोना संक्रमण बढदो अवस्थालाई कसरी नियन्त्रण गर्ने लगायत आगामी रणनीतिको विषमा सामान्य छलफल भएको उहाँले जानकारी दिनुभयो । जारी निषेधाज्ञा २९ गते राती १२ बजेसम्म कायम छ ।

तपाईको प्रतिक्रिया