अनियन्त्रित चिनियाँ रकेटको अवशेष हिन्द महासागरमा खस्यो

  बैशाख २७, २०७८

काठमाडौं, वैशाख २७ : पृथ्वीतर्फ अनियन्त्रित रुपमा फर्किएको चिनियाँ रकेटको अवशेष हिन्द महासागरमा खसेको चीनले जनाएको छ ।

पृथ्वीमा फर्किने क्रममा केही भाग ध्वस्त भएको रकेटको बाँकीको अवशेष ७२.४७ डिग्री पूर्ब र २.६५ डिग्री उत्तरमा खसेको चीनको सरकारी सञ्चारमाध्यमले उल्लेख गरेको छ । चिनियाँ रकेटको अवशेष खसेको भूभाग माल्दिभ्सको पश्चिममा पर्छ ।

अमेरिकी र यूरोपेली ‘ट्रेकिङग’ साइटले भने अनियन्त्रित बनेको मार्च–५बी रकेटको अनुगमन गरिरहेको थियो । चिनियाँ सञ्चारमाध्यमले पृथ्वीतर्फ अनियन्त्रित रुपमा फर्केको रकेट ग्रीनविच मीन टाइम अनुसार २ बजेर २४ मिनेट जाँदा पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको थियो ।

बीबीसीका अनुसार अमेरिकी अन्तरिक्ष संस्थाले एक वक्तब्य जारी गरी चिनियाँ रकेट मार्च–५ बी अरब महाद्वीपमाथिको वायुमण्डलमा प्रबेश गरेको बताएपनि जल वा जमीनमा कुनै प्रभाब परेको सम्बन्धमा यकीन नभएको बताएको छ । अनियन्त्रित रकेट घनाबस्तीमा खस्दा ठूलो क्षति हुन सक्ने अनुमान गरिएको थियो ।

उक्त रकेट चीनले निर्माण गर्न लागेको नयाँ अन्तरिक्ष केन्द्रको सामान बोकेर गत् मार्चमा पृथ्वीबाट प्रस्थान गरेको थियो । उक्त रकेटको लम्बाई ५३.७ मिटर तथा २२ टन वजन रहेको थियो ।

तपाईको प्रतिक्रिया