गण्डकी प्रदेशका मुख्यमन्त्रीद्वारा राजीनामा, प्रदेश प्रमुखद्वारा स्वीकृत

  बैशाख २६, २०७८

पोखरा, वैशाख २६ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनु भएको छ । उहाँले आइतबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष राजीनामा दिनु भएको हो ।

भोली सोमबार प्रदेशसभामा मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमा मतदानको कार्यसुची रहेको छ । उहाँले आज नै राजीनामा दिनु भएको छ । उहाँको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया