जसपाले कांग्रेस नेतृत्वको सरकारलाई समर्थन नगर्ने, तटस्थ बस्ने

  बैशाख २६, २०७८

काठमाडौं, वैशाख २६ : जनता समाजवादी पार्टी केन्द्रीय समितीका अध्यक्ष महन्थ ठाकुर र जसपा नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेट गर्नु भएकाे छ । यसअघि जसपाका नेता ठाकुरले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट गर्नुभएको थियो ।

भेटबारे कुरा गर्दै जसपाका नेता राजेन्द्र महताेले भन्नुभयाे  हाम्रो सबै माग पूरा भएको छैन । त्यस्तैले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिँदैनौ । कांग्रेस नेतृत्वको सरकारलाई पनि समर्थन गर्दैनौ । हामी तटस्थ भएर बस्छौ ।

भोलि वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुहुने भएसँगै आज प्रतिपक्षी दलहरुबीचको भेटवार्ताले तीव्रता पाएको हो ।

वैशाख २६ गते पनि काँग्रेसको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने र अविश्वासको प्रस्ताव पनि नलाने संकेत गरेको थियो ।

तपाईको प्रतिक्रिया