काठमाडौं, वैशाख २६ : जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीचको संवादहीनता अन्त्यको लागि पहल हुदैछ । अहिले २ः३० बजे जसपाका संयोजक बाबुराम भट्टराईको निवासमा उहाँको स्वास्थ्यअवस्था बुझ्न जसपाका शीर्ष नेताहरु पुग्नुहुने जसपा नेता डा. सुरेन्द्र कुमार झाले बताउनुभयो ।
गत ३ – ४ हप्तादेखि नै पार्टीभित्रका नेताहरुमा संवादसमेत हुन छोडिसकेको थियो, पार्टी एकताबद्धका लागि डम्बर खतिवडा, मनीष सुमन, आङ्काजी शेर्पा, खगेन्द्र खाम्बेक, दलमर्दन कामी र डा. सुरेन्द्र झा गरी ६ जना सम्मिलित समूह गठन गरिएको थियो । भट्टराई निवासमा यी सबै नेताहरुबीचमा भेट र संवाद हुनेछ ।
यसअघि जसपाका अध्यक्ष महन्थ ठाकुरले काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गर्नुभएको थियो । प्रधानमन्त्रीलाई विश्वसको मत दिन अप्ठ्यारो रहेको जसपाले बताएको थियाे ।






