काठमाडौं उपत्यकामा तीन हजार ११३ संक्रमित थपिए

  बैशाख २५, २०७८

काठमाडौं, वैशाख २५ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका तीन हजार ११३ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा तीन हजार ११३ सङ्क्रमित थपिएका हुन् । देशभरि पछिल्लो २४ घण्टामा आठ हजार २८७ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी काठमाडौं जिल्लामा दुई हजार २७० सङ्क्रमित थपिएका छन् । ललितपुरमा ४६२ र भक्तपुरमा ३८१ सङ्क्रमित थपिएका हुन् । उपत्यकामा २४ घण्टामा थपिएका सङ्क्रमित शुक्रबार चौबीस घण्टाको अपेक्षा करिब एक हजारले कम हो ।

उपत्यकाको तीन जिल्लामा हाल ३५ हजार ६७८ जना सक्रिय सङ्क्रमित छन् । काठमाडौंमा २६ हजार ४२६, ललितपुरमा पाँच हजार ७१२ र भक्तपुरमा तीन हजार ५४० जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

काठमाडौंमा हालसम्म एक लाख ४१ ह्जार ८२६, ललितपुरमा २३ हजार ७५८ र भक्तपुरमा १३ हजार ६२६ जना सङ्क्रमित भएका छन् । काठमाडौंमा एक लाख १४ हजार ५८०, ललितपुरमा १७ हजार ८१३ र भक्तपुरमा नौ हजार ९१४ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया