नेपालमा कोभिड–१९ महामारी नियन्त्रणमा छ : प्रधानमन्त्री

  बैशाख २५, २०७८

काठमाडौं, वैशाख २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोभिड–१९ महामारीविरुद्धको लडाई नियन्त्रणमै रहेको बताउनुभएको छ ।

शनिबर अपरान्ह १२ बजे अन्तराष्ट्रिय सञ्चार माध्यम सिएनएन इन्टरनेशनलकाे प्रत्यक्ष प्रसारणमा जोडिनु भएको प्रधानमन्त्री ओलीले अहिलेसम्म नेपालले कोरोना महामारी नियन्त्रणका लागि पहल गरिरहेको बताउनुहुँदै भावी दिनमा हुनसक्ने संकटलाई मध्यनजर गर्दै विश्व समुदायलाई सघाउन पनि विशेष अनुरोध गर्नुभएको छ ।

नेपालमा पनि दोस्रो लहरको कोरोना महामारीले भयावह रुप लिदै गर्दा प्रधानमन्त्री ओलीले विश्वसामु यस्तो अपिल गर्नुभएके हो । उहाँले सरकारले यसकाे नियन्त्रणका लागि सक्दाे प्रयास गरी रहेकाे बताउनुभयाे । 

तपाईको प्रतिक्रिया