अमेरिकी दूताबासका अतिरिक्त कुटनीतिज्ञ र परिवारलाई नेपाल छोड्न अनुमति

  बैशाख २५, २०७८

काठमाडौं, वैशाख २५ : नेपालमा कोरोनाभाइरस सङ्क्रमण बृद्धि भए लगत्तै अमेरिकाको ‘स्टेट डिपार्टमेन्ट’ले दूताबासमा कार्यरत अतिरिक्त कुटनीतिज्ञ र परिवारजनलाई अमेरिकी फर्किन अनुमति दिएको छ । शुक्रबार स्टेट डिपार्टमेन्टले एक वक्तब्य जारी गरी सरकारी खर्चमा अमेरिका फर्किनेगरी उक्त अनुमति दिएको हो ।

एशोसिएटेड प्रेसका अनुसार स्टेट डिपार्टमेन्टले नेपाल भ्रमण गर्ने योजना बनाएका अमेरिकीलाई समेत तात्काल पुर्नविचार गर्न आग्रह गरेको छ । उसले नेपालमा रहेका अन्य अमेरिकीलाई समेत फर्किन चाहे दूताबासमा जानकारी गराउन आग्रह गरेको छ । अमेरिकाको उक्त पहलले नेपाल छोड्न चाहने अमेरिकी कुटनीतिज्ञ, परिवारजन र अमेरिकी नागरिकका लागि ‘चाटर्ड’ उडान ब्यवस्था गरिने बुझिएको छ ।

स्टेट डिपार्टमेन्टले वक्तब्यमा भनेको छ, “नेपालबाट ब्यवसायिक उडान हालका दिनमा नियमित उपलब्ध छैन्, नेपाल छोड्न चाहने अमेरिकीले अमेरिकी दूताबास र भारतस्थित कन्सुलेटमा जानकारी गराउँदा हुन्छ ।”

तपाईको प्रतिक्रिया