देउवा र प्रचण्डबीच राजनीतिक छलफल

  बैशाख २४, २०७८

काठमाडौँ, वैशाख २४ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

उहाँहरुबीच सभापति देउवा निवास बूढानीलकण्ठमा आज साँझ भएको भेटवार्तामा आसन्न राष्ट्रियसभा सदस्यको उपनिर्वाचन, प्रतिनिधिसभामा प्रधानमन्त्रीले लिने विश्वासको मतलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया