काठमाडौं, वैशाख २४ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका चार हजार १०६ जना सङ्क्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा चार हजार १०६ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा तीन हजार ८९, भक्तपुरमा ३७४ र ललितपुरमा ६४३ जना गरी चार हजार १०६ नयाँ सङ्क्रमितको पहिचान गरिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै काठमाडौं उपत्यकामा ३४ हजार ६२१ जना सक्रिय सङ्क्रमित पुगेका छन् ।
काठमाडौंमा हाल २५ हजार ९४०, ललितपुरमा पाँच हजार ४२९, र भक्तपुरमा तीन हजार २५२ जना सङ्क्रमित छन् ।






