नौ हजार २३ थपिए, दुई हजार ९०५ कोरोनामुक्त, ५० को मृत्यु

  बैशाख २४, २०७८

काठमाडौं, वैशाख २४ : पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसका नौ हजार २३ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १९ हजार ९८७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा नौ हजार २३ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या तीन लाख ७७ हजार ६०३ पुगेको जनाएको छ । मन्त्रालयले सोही अबधिमा ४९५ जनाको एन्टीजेन परीक्षण गरिएकोमा १७३ जनामा पोजेटिभ पाइएको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार ९०५ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुने दुई लाख ९५ हजार ३९५ पुगेको छ । कोरोनाबाट निको हुने दर ७८।२ प्रतिशतमा झरेको छ । मन्त्रालयका अनुसार हाल ७८ हजार ६२९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५० जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म तीन हजार ६३२ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी, हाल ३९८ जना क्वारेन्टिनमा छन् ।

तपाईको प्रतिक्रिया