थापाद्वारा राष्ट्रियसभा सदस्यका लागि एमालेका तर्फबाट उम्मेदवारी दर्ता

  बैशाख २४, २०७८

काठमाडौं, वैशाख २४ : गृहमन्त्री रामबहादुर थापा बादलले नेकपा एमालेको तर्फबाट राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ । थापाको प्रस्तावकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वति बस्नेत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया