उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गरिने

  बैशाख २३, २०७८

काठमाडौँ, वैशाख २३ : सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको उजुरीपछि काठमाडौँ जिल्ला प्रशासन कार्यालयले काठमाडौँ मेडिकल कलेज (केएमसी) र ह्याम्स अस्पताललाई बुधबार स्पष्टीकरण सोधेको छ ।

कोरोना सङ्क्रमितको उपचारका लागि केएमसी अस्पतालले दैनिक ३० हजार रुपियाँसम्म र ह्याम्स अस्पतालले दैनिक ५० हजार रुपियाँसम्म शुल्क सूची सार्वजनिक गरेपछि स्पष्टीकरण सोधिएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।

सरकारले तोकेकोभन्दा बढी शुल्क लिएमा कानुनी कारबाही हुने चेतावनी दिइएको छ । सरकारले सङ्क्रमितको उपचारका लागि दैनिक आईसीयू शुल्क १५ हजार रुपियाँ निर्धारण गरेको छ ।

तपाईको प्रतिक्रिया