रेम्डिसिभिर काेराेनाकाे अचुक औषधि हाेइन, प्रयाेगमा ख्याल गराैं : विभाग

  बैशाख २२, २०७८

काठमाडौं, वैशाख २२ : रेम्डिसिभिर औषधि कोरोना भाईरस संक्रमितका लागि अचुक औषधि नभएको औषधि व्यवस्था विभागले जनाएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै विभागले यो सबै प्रकारका कोभिड १९ का विरामीका लागि आवश्यक नपर्ने र अचुक औषधि पनि नभएकाले यसको प्रयोगमा डाक्टरहरुले ख्याल पुर्याउन निर्देशन गरेको छ ।

विभागले तीन हजार भाइल औषधि आयत गर्न निजी कम्पनीलाइ अनुमति दिएको छ । कोभिड १९ अस्पतालमा सिफारिस गरेकाले औषधि को तर्कसंगत प्रयोग गर्न डाक्टरहरुले प्रोत्साहन गर्न समेत सूचित गराइएको विभागका महादिर्नेशक भरत भटट्राईले बताउनुभयो । कोभिड महामारिको समयमा रेम्डेसिभिर औषधि माथि भ्रम सिर्जना भएकाले बजारमा कालोवजारीमा बिक्री वितरण समेत हुने गुनासो आएपछि विभागले अनुगमन गरी प्रयोगमा कडाइ गरेको उहाँले बताउनुभयो । औषधि सिफारिस गरिएका अस्पताललाई प्रयोग बारे सम्पूर्ण विवरण समेत उपलब्ध गराउन विभागले निर्देशन दिएको जनाएको छ ।

संक्रमित विरामीको उपचारमा संलग्न चिकित्सकहरुले समेत उपचार प्रोटोकल अनुसार प्रयोग गर्न सचेत गराउन अनुरोध गरेको छ । बंगलदेशको बेक्सीम्को फार्मेसिष्ट लिमिटेडले उत्पादन गरेको वेमसिभिर औषधि नेपालमा समेत कोरोना भाइरसबाट बच्न परिक्षणका लागि प्रयोग गर्ने गरी विभागले पहिलो पटक आयत गरेको जनाएको छ । भाइरल राेगका विरामीकाे  उपचारमा प्रयाेग हुने रेम्डिसिभिर औषधि क्लिनिकल ट्रयालका रूपमा काेभिडकाे उपचारमा विश्वभर प्रयाेग गर्न थालिएकाे छ । 

तपाईको प्रतिक्रिया