कतारमा रमादान पर्वको अवसरमा १४ जना नेपाली पाए आममाफी

  बैशाख २२, २०७८

काठमाडौं, वैशाख २२ : कतार सरकारले यस वर्षको रमादान पर्वको अवसरमा नेपाली कैदी बन्दीलाई आममाफी दिएको छ । कतार स्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।

दूतावासका अनुसार कतारस्थित केन्द्रीय कारागार तथा अन्य कारागारहरुमा विभिन्न आरोपमा सजाय भोगिरहेका १४ जना नेपाली कैदी बन्दीहरुलाई आममाफी पाएका हुन । आममाफी पाएका नेपाली नागरिकहरुको नेपाल फिर्ती सहज बनाउन कतार सरकारका सम्बन्धित निकायहरुसँग राजदूतावासले आवश्यक समन्वय तथा सहजीकरण गर्ने बताएको छ ।

तपाईको प्रतिक्रिया