लुम्बिनी प्रदेशमा थपिएका मन्त्रीहरुद्वारा शपथग्रहण

  बैशाख २२, २०७८

बुटवल, बैशाख २२ : लुम्बिनी प्रदेश सरकारमा थपिएका तीन जना मन्त्रीहरुले शपथग्रहण गर्नुभएको छ । बुधबार सपथग्रहण गर्नेहरुमा आन्तरिक मामिला तथा कानुनमन्त्री चेतनारायण आचार्य,स्वास्थ्य तथा जनसङ्ख्याैमन्त्री भोजप्रसाद श्रेष्ठ र शिक्षा तथा सामाजिक विकासमन्त्री धर्मबहादुर लाल श्रीवास्तव हुनुहुन्छ ।

उहाँहरुलाई प्रदेश प्रमुख धर्मनाथ यादवले शपथग्रहण गराउनुभएको हो । समारोहमा मुख्यमन्त्री शङ्कर पोखरेल,अन्य मन्त्रीलगायतको उपस्थिति थियो । मुख्यमन्त्री पोखरेलले तिनै जनालाई मङ्गलबार साँझ मन्त्री नियुक्त गर्दै मन्त्रीमण्डल विस्तार गर्नुभएको थियो । उहाँहरुको नियुक्तिसँगै लुम्बिनीको मन्त्रिमण्डल १० सदस्यीय बनेको छ ।

तपाईको प्रतिक्रिया