पदमुक्त भएकोमा खुशी छु : शेरचन

  बैशाख २१, २०७८

पोखरा, वैशाख २१ : गण्डकी प्रदेशका सोमबारमात्रै पदमुक्त भएका प्रदेश प्रमुख अमिक शेरचनले पदमुक्त भएकोमा खुशी लागेको बताउनु भएको छ । उहाँले आज पोखरामा पत्रकार सम्मेलनमा आफू पदका लागी राजनिति नगरेको जानकारी दिदै पदमुक्त भएकोमा खुशी लागेको बताउनुभयो ।

पदको लागी राजनिती गरेको व्याक्ति होइन्, पदमुक्त भएकोमा खुशी छु, उहाँले भन्नु भयो । उहाँले पाटिको निर्णयले आफू प्रदेश प्मुख बनेको बताउनुभयो । “पहिला ओली जी र प्रचण्ड जी मार्फत प्रस्ताव आउदा ओलीजीको प्रस्ताव मैले अस्वीकार गरेको थिएँ, पछि पार्टिले निर्णय सुनाएपछि अनुशाशित कार्यकर्ताको नाताले बाध्य भै स्वीकार गरेको पद हो,’ उहाँले भन्नु भयो ।

उहाँले सर्घषको दौरानमा तात्कालीन सरकारको तानाशाहि दमनबाट हात खुटटा करङ भाचिएको गर्धन २ टुक्रा भएको र पटकपटक बेहोस हुँदा पनि आस्था विचलन भएको जानकारी दिनुभयो । “ आफूले पद र सत्ताको लागि असम्बैधानिक पद्धति र अपाच्य कार्य थोपार्ने पद जोगाउने ब्याक्ति म होइन् उहाँले भन्नुभयो । भनेको भए राजिनामा दिन्थे उहाँले थप्नु भयो ।

शेरचनले आफूले सबै संबैधानिक मर्यादालाइ पालन गरेको बताउदै आगामी दिनमा पनि संघियता धाराप नपरोस् भन्ने धारणा राख्नुभयो ।शेरचनले प्रदेश प्रमुखको पदभार ग्रहण गरेको आज १८ महिना २ दिन पुगेको सरकारले सोमबार उहाँलाइ प्रदेश प्रमुखबाट पदमुक्त गरि सीता पौडेललाइ गण्डकी प्रदेशको प्रमुखमा नियुक्त गरेको हो ।

तपाईको प्रतिक्रिया