निषेधाज्ञाका बेला भर्चुअल कला सृजना

  बैशाख २०, २०७८

काठमाडौँ, बैशाख २० : अन्तर्राष्ट्रिय जलरङ समाज, नेपाल च्याप्टरले निषेज्ञाको अवधिमा कलाकारलाई ‘ १४÷१४’ शीर्षकमा भर्चुअल कला सृजनाको अवसर प्रदान गरेको छ ।

समाजका अध्यक्ष एनबि गुरुङले कोरोना सङ्क्रमण न्यूनीकरण गर्न सरकारले घोषणा गरेको १५ दिने निषेज्ञाको समयमा सिर्जना कर्ममा रमाउने कलाकारलाई व्यस्त राख्न र कलाकर्मबारे छलफल भर्चुअल रुपमै भएपनि जारी राख्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो ।

१४ जना कलाकारको सहभागितासहित १४ दिनसम्म भर्चुअल लाइभ डेमोस्ट्रेसन गर्न प्रोत्साहित गरेको यस कार्यक्रमको नेपाल च्याप्टरको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण भइरहेको छ ।

विहीबारदेखि सुरु भएको यस १४÷१४ जलरङ डेमोस्ट्रेसनको सुरुवात नेपाल च्याप्टरका उपाध्यक्ष कलाकार डि राम पाल्पालीले हास्य कलाकार हरिवंश आचार्यको पोट्रेट बनाएर गर्नुभएको थियो सोमवार पोखराका कलाकार गोपाल दराई कला सिर्जनामा सहभागीता जनाउनुभयो ।

१४÷१४ जलरङ प्रत्यक्ष डेमोस्ट्रेसनमा कलाकारहरु केशवराज खनाल, जीवनराम उपाध्याय, हरेराम जोजिजु, प्रकाश थापा, दीपेन्द्र बनेपाली, आवरण पौडेल महेन्द्र राईलगायतका कलाकारको सहभागिता रहनेछ ।

हरेक दिनको साँझ ५ बजे कलाकारले प्रत्यक्ष कला सिर्जना कर्म सकेपछि कलाको बारेमा छलफल पनि हुँदै आएको नेपाल च्याप्टरका सचिव कलाकार केशवराज खनालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया