गण्डकी र सदूरपश्चिम प्रदेश प्रमुखमा पौडेल र यादव नियुक्त, आजै सपथ

  बैशाख २०, २०७८

काठमाडौं, वैशाख २० : राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरी आजै नयाँ नियुक्ति गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा गण्डकीका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिलाकुमारी पन्तलाई पदमुक्त गरी नेपालको संविधानको धारा १६७ बमोजिम सीताकुमारी पौडेल, चितवन र सुदूरपश्चिममा गङ्गाप्रसाद यादव, सप्तरीलाई नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले शीतल निवासमा आयोजित कार्यक्रममा उहाँहरुलाई आजै शपथ गराउनुभयो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित हुनुहुन्थ्यो ।

नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गाेपनीयताकाे सपथ
राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुखमा सीता पौडेल र सुदूरपश्चिम प्रदेश प्रमुखमा गङ्गाप्रसाद यादवलाई पद तथा गाेपनीयताकाे सपथ ग्रहण गराउनु भएकाे छ । राष्ट्रपति भवन शितल निवासमा उहाँले साे सपथग्रहण गराउनु भएकाे हाे । उहाँहरू दुबै नियुक्त हुनु भएकाे हाे ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी र सदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति मक्ष सिफारिस गरेको थियो भने उहाँहरुलाई नयाँ प्रदेश प्रमुखमा सिफारिस गरेको थियो ।
यस अघि गण्डकी प्रदेशमा अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुखमा शर्मिच त्रिपाठी रहनुभएको थियाे । दुबै माओवादी केन्द् निकट हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया