काेराेना नियन्त्रणमा कर्णाली प्रदेश : प्रत्येक जिल्लालाई एक करोड, पाँच जिल्लामा एक एक सय बेड थप्ने

  बैशाख २०, २०७८

सुर्खेत, वैशाख २० : कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम तथा उपचारका लागि प्रत्येक जिल्लामा एक-एक करोड तत्त्काल उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आवश्यक अक्सिजन सिलिण्डर, अक्सिजन आपूर्तिलगायतको व्यवस्थापन गर्न प्रत्येक जिल्लामा एक करोड रुपियाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

आर्थिक मामिला तथा योजन मन्त्री एवं सरकारका प्रवक्ता विमला केसीले कोरोना रोकथाम तथा उपचारमा देखिएका समस्या समधान गर्न बजेट तत्काल बजेट पठाइने निर्णय गरेको जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक जिल्लामा एक-एक करोड, प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी अस्पताल रुकुमपश्चिममा एक-एक करोड बजेट पठाइने छ । मेहेकुना अस्पताल सुर्खेत र दैलेख अस्पतालमा ५०÷५० लाख रुपियाँ पठाउने उहाँले जानकारी दिनुभयो ।

यस्तै बैठकले प्रदेश विपद् व्यवस्थापन कोषमा आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध कोषबाट ५० लाख रुपियाँ जम्मा गर्ने निर्णय गरेको छ । यस अघि प्रदेश सकारले कोरोना रोकथाम तथा उपचारका लागि विकास बजेट कटौती गरेर एक अर्बको कोष स्थापना गरेको थियो ।
पाँच जिल्लामा अक्सिजनसहित एक सय बेड तयार गरिने कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पाँच जिल्लामा अक्सिजनसहित एक सय बेड तयार गरिने गरी तयारी अघि बढाएको छ । कालीकोट, दैलेख , जाजरकोट, सल्यान र रुकुमपश्चिममा अक्सिजनसहित एक सय बेड र अन्य जिल्लामा अक्सिजनसहित ५० बेड तयार गरिनेछ । प्रदेश अस्पतालमा अक्सिजनसहित पाँच सय बेडको तयार गर्ने लक्ष्य लिएको र तत्तकाल एक सय बेड थप्ने काम तीव्र गतिमा भइरहेको सरकारले जनाएको छ ।

तपाईको प्रतिक्रिया