काठमाडौं, वैशाख १९ : आइतबार बेलुका बसेको प्रधानमन्त्री एवम् मन्त्रिपरिषद् बैठकले बढ्दो कोभिड–१९ संक्रमण रोकथामका लागि सोमबार राति १२ बजेदेखि सबै आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।
वैशाख २० गतेको मध्यरातीबाट आन्तरिक उडान र वैशाख २२ गतेको मध्यरातिबाट अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको परराष्ट्रमन्त्री तथा सत्तारुढ नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभएको छ । यसअघि नै कोभिड संक्रमण रोकथाम निर्देशक समितिले आन्तरिक र बाह्य उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो ।
परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार मन्त्रिपरिषद्ले वैशाख २२ गते रातिदेखि भारतलगायत सबै देशसँगको अन्तर्राष्ट्रिय उडान रोक्ने पनि निर्णय गरेको छ । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को संक्रमणकोे भयावह अवस्थालाई मध्यनजर गर्दै यसखाले निर्णय गरिएको उहाँले बताउनुभयो ।






