पोखरामा अहिलेसम्मकै उच्च, एकैदिन ५ को मृत्यु, ३१४ सङ्क्रमित

  बैशाख १९, २०७८

कास्की, वैशाख १९ : पोखरामा आज (आइतवार) अहिलेसम्मकै उच्च संख्यामा  ३ सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । पोखराको लागि यो अहिलेसम्मकै उच्च रेकर्ड हो ।

त्यस्तै आज पोखरामा थप पाँच जनाको ज्यान गएको छ । कास्कीको पोखरा महानगरपालिका १६ का ७७ वर्षीय पुरुष, पोखरा २६ का ५८ वर्षीय महिला, पोखरा १६ की ७३ वर्षीया महिला, पोखरा १० की महिला (उमेर नखुलेको), पोखरा १९ का ५४ वर्षीय पुरुषको पोखराका विभिन्न अस्पतालमा शनिबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

प्रदेश स्वास्थ्य निर्देशनालयले अनुसार आइतबार पर्वत १, रुपन्देही १ र दाङका १ गरी गण्डकीमा ८ कोरोना सङ्क्रमितको मृत्यु पुष्टि गरेको हो । गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २३१ पुगेको छ । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १८ हजार ७८१ पुगेको छ । सङ्क्रमितमध्ये १६ हजार ८८२ जना सङ्क्रमित निको भएका छन् ।

तपाईको प्रतिक्रिया