संकटका बेला मानिस किन शहर छाडेर थातथलो फर्कन्छन ?

  बैशाख १९, २०७८

काठमाडौं, वैशाख १९ : सोमबार दिउँसो बसेको काठमाडौँ उपत्यकाका ती जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले विहिबारबाट उपत्यकामा एक हप्ता लामो निषेधाज्ञा लगाउने निर्णय गर्यो । जब यो निर्णय तुरुन्तै सर्बसाधारणमा पुग्यो तब मानिसहरू बसको टिकट र जहाजको टिकट खरिद गर्न तछाडमछाड गरेको देखियो ।

जव सोमबार साँझ मन्त्रिपरीषद्ले १५ दिनका लागि नै निषेधाज्ञा गर्ने निर्णय गरेसँगै हजारौँ मानिसहरु राजधानी छाड्न कलंकी, गोंगबु र कोटेश्वरमा उत्सुक भई जम्मा भैसकेका थिए । मंगलबार र बुधबार उपत्यका छोड्नेहरुको संख्या निकै धेरै थियो ।

महानगरीय ट्राफिक प्रहरी कार्यालयका अनुसार निषेधाज्ञा हुनुभन्दा तीन दिन अगाडिको समयमा सडक मार्ग हुँदै दुई लाख मानिसले काठमाडौं छाडेका छन् । सोहि समयमा २१ हजार १९४ जनाले हवाई यातायात मार्फत काठमाडौं छाडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

काठमाडौं छाड्ने मध्ये ४२ वर्षिय कुमार खनाल , जो सवारीसाधन मर्मत गर्दै आउनुभएको थियो । उहाँपनि मंगलबार आफ्नो आमा र छोरालाई लिएर गृहजिल्ला उदयपुरको पञ्चवटि माई फर्कर्दै हुनुहुन्थ्यो । “ यो लकडाउनको समयमा मैले पसल खोल्न पाउँदिन पसल खोल्न नपाएपछि आम्दानीको स्रोत बन्द हुन्छ , आम्दानी नभै काठमाडौं बस्न सकिन्न । ”काठमाडौं छाड्नुको कारण सुनाउदै भन्नुभयो ।

यस्तै विद्यार्थी निसी बज्राचार्य पनि बुधबार आफ्नो घर तानसेन जानुभयो ।उ हाँ आफ्नो काकीसँग ललितपुरमा बस्दै आउनुभएको थियो । “उपत्यकामा भन्दा घरतीरै कोरोना भाईरसको संक्रमणबाट बच्न सकिन्छ कि भन्ने लागेर हिड्न लागेको हो ”उहाले भन्नुभयो । “मैले तीन पटक बसको टिकट खरिद गरे तर केहि छैन बस्ने ठाउँ मिलेको छ खुसी हुदै ”उहाले भन्न्ुभयो ।

बुधबार राती कोटेश्वरका एक प्रहरी अधिकारीले गोरखापत्र अनलाईलाई भने “जब यहाँ संकट आईपर्छ तब मानिस काठमाडौं छाड्न तछाडमछाड गर्छन । यो हामीले पछिल्लो लकडाउन र बैशाख १२ गते गएको भूकम्पको बेलामा पनि देखेँका थियौँ । जव निशेधाज्ञाको घोषणा हुन्छ तब यसपालि पनि उपत्यका छाड्नेको लर्को लागेको हामी सुरक्षाकर्मीले पनि जान्यौँ ।” यो सबैकुरा एउटा प्रश्न उठ्छ : जब मान्छेलाई तनाव हुन्छ तब किन शहर छाड्न हतारो गछ्र्रन ?

जीविकोपार्जन
यसमा धेरै कारणहरु हुन सक्दछन् त्यससध्ये मानिसको वर्ग र आर्थिक पृष्ठभूमि पनि हो । तर विशेषज्ञका अनुसार शहर छाड्नुको मुख्य कारण भनेकै जीविकोपार्जन नै हो । “संकटले काम रोक्छ , मानीसले आफ्नो रोजगारी गुमाउँछन् साथै दैनिक आम्दानी पनि । यसैबीच खर्च पनि बढ्छ । अहिले कोरोना भाईरसको महामारीको समयमा स्वास्थ्यको क्षेत्रमा धेरै खर्च हुने गर्दछ ।

अनलाईन कक्षा सञ्चालकले पनि मोवाईल र ल्यापटप किन्न जोड गरीरहेका छन् । कम आयस्रोत हुनेहरूका लागि यो दुर्भाग्यको कुरा हुन सक्छ । त्यसैले मानीसले शहरको महंगो जनजिवन छाड्ने गरेका छन् ” काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा. सागर राज शर्माले भन्नुभयो ।

“मानीस आफ्नो गृहजिल्ला यसकारण फर्किए कि उनिहरुलाई लाग्यो कि त्यहाँ भोकभोकै त मरिदैन” जापानको फोकास्का विश्वबिद्यालयबाट आर्थिक विकासमा विद्याबारीधि गर्नुभएका शर्माले भन्नुभयो । त्रिभुवन विश्वबिद्यालय केन्द्रिय कार्यालय समाजशास्त्रका प्रा डा. चैतन्य मिश्रका अनुसार शहर भन्दा गामीण क्षेत्र नै वढि प्रभावकारी मानिन्छ ।“ शहरमा काम रोकियो तर खर्च रोकिदैन , कोठा भाडा तिरीरहनु परेको छ , खाना किन्नुनै पर्यो , जिवन चलाउनै पर्यो । यसले परीवारमा आर्थिक बोझ थोपार्छ ।”

मनोवैज्ञानिक सान्त्वना
यो समयमा मानीसहरु सुविधा खोज्न थाल्दछन् । त्यसका पारीवारीक वातावरण र पारीवारीक ठाउनै उपयुक्त हुने मनोवैज्ञानीक कुुुसुम बरालले बताउनुभयो । केहि भैहाल्यो भने मानीसले आफ्नो जन्मभूमिमा केहि सञ्जाल जोडेको हुन्छ । जो मानीसहरु परीवारदेखि टाढा बसेका छन् प्रायः उनिहरु नै यो संकटमा शहर छाड्ने उहाले बताउनुभयो ।

सुरक्षित महसुुस
४० वर्षिय किराना व्यापारी विनय देवान आफ्नी श्रीमी र तीन छोरीहरू सहित एकान्तकुना ललितपुर बस्दै आउनुभएको छ ।उहाले किराना पसल नै बन्द गर्नुपर्यो किनभने कुनै ग्राहक पसलका आएनन् । निषेधाज्ञाका कारणले आम्दानी पनि ढप्प भयो । घरको मालीक नै आफै भएकाले कोठा भाडाको कुनै चिन्ता नरहेको उहाले बताउनुभयो । सोमबार मात्र उहाँ काठमाडौं छाडेर आफ्नो पैतिृक गाउँ ओखलढुङ्गा जानुभएको हो ।
“यहा काठमाडौँमा भन्दा स्वच्छ हावा पाईन्छ , यहा धेरै भीडभाड पनि छैन त्यसैले यहाँ धेरै सुरक्षित छ,” टेलिफोन संवादमा उहाले भन्नुभयो ।

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका प्रमुख प्रा. डा. लोचन श्रेष्ठका अनुसार शहरमा भन्दा गाउतिर नै वढि सुरक्षित हुन सकिन्छ । “हो गाउँमा धरै सुरक्षित हुन सकिन्छ किनभने त्यहा खुला ठाउ हुन्छ ,भौतिक दुरी कायम गर्न सजिलो हुन्छ । तर वढि कोरोना सङक्रमित जिल्लाहरू जस्तै काठमाडौंबाट पनि मानीसहरुको आवागमन हुदा केही जोखिम भने अवश्य छ”, श्रेष्ठले भन्नुभयो ।

भारतको शहरी क्षेत्रमा ग्रामीण क्षेत्रमा कोरोना भाईरसको फैलावट कस्तो छ भन्ने स्वास्थ्य योजना र व्यवस्थापन सम्बन्धि अन्तराष्ट्रिय पत्रिकाले गतवर्षको भदौ महिनामा प्रकाशित गरेको समाचारमा शहरबाट आंशिक रुपमा ग्रामीण भेगतर्फ पनि यसको प्रभाव परेको थियो । शकरबाट गाउँतर्फ धेरै मानिस प्रस्थान गरेकाले नेपालमा पनि यहि अवस्था आउन सक्ने भन्दै उहाँ चिन्तित हुनुहुन्छ । यस्तै उहाँले भारतसँगको सिमाना तराईका जनतालाई पनि सुरक्षित रहन आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया