लुम्बिनी प्रदेश मुख्यमन्त्रीमा पोखरेल पुनः नियुक्त, केहीबेरमा सपथ ग्रहण

  बैशाख १९, २०७८

बुटवल, वैशाख १९ : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शङ्कर पोखरेल पुनः नियुक्त हुनुभएको छ । यसअघि प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष पोखरेलले बहुमत सदस्यको हस्ताक्षर बुझाउनुभएको र सोही आधारमा उहाँ नियुक्त हुनुभएको हो । उहाँले आजै मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको थियो । उहाँले केहीबेरमा पद तथा गाेपनियताकाे सपथ लिनुहुने जनाइएकाे छ । 

तपाईको प्रतिक्रिया