सरकारले कोरोनाको उपचारबाट हात झिकेको छैन : स्वास्थ्य मन्त्री

  बैशाख १८, २०७८

काठमाडौं, वैशाख १८ : स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले आइतबारबाट कोरोनाको उपचारका लागि एक हजार बेड थप्ने तयारी भएको बताउनु भएको छ । शनिवार साँझ एक भिडियो सन्देश जारी गर्दै कसैले आतङ्कित नहुन आग्रह गर्नुभयो । उहाँले सरकारले सबै जिम्मा लिएको र जिम्मेवारी पूरा गर्न कटिबद्ध रहेको स्पष्ट गर्नुभयो ।

सरकार जनताको साथमा रहेको र बाहिर प्रचार भए जस्तो कोरोना संक्रमितको उपचारबाट हातखुट्टा नझिकेको र सरकार यथासंभव विश्वमा उपलब्ध साधन जोह गर्न लागेको बताउनुभयो । अहिलेको संक्रमण अक्रमक भएकाले संक्रमित संख्या बढेको र व्यबस्थापनमा केही समस्या भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया