२१ लाख नेपालीलाई लगाइयाे कोरोनाविरुद्धको खोप, स्टक कम

  बैशाख १८, २०७८

काठमाडाैं, वैशाख १८ : गत वर्षको माघ १४ देखि फागुन शुरु भएको खोप अभियान दोस्रो चरणसम्म आइपुग्दा २१ लाखले खोप लगाइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको खोप महाशाखाले जनाएकाे छ । यस अवधिमा कुन–कुन उमेर समूहलाई खोप लगाउनुभयो भन्ने जिज्ञासामा  खाेप महाशाखा प्रमुख झलक गौतमले उमेर समूहभन्दम पनि प्राथमिकता तोकेको आधारमा खोप अभियन चलाएको बताउनुभयो ।

फ्रन्टलाइनरमा बसेर काम गर्ने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, पत्रकारलगायतलाई पहिलो चरणमा चार लाख ३८ हजारलाई खोप दिएको उहाँले बताउनुभयो । त्यसपछि केही दिन अगाडिमात्र पहिलो चरणमा खोप लगाएकालाई दोस्रो मात्रा दिने आह्वान गरेको थियौं । त्यसमा तीन लाख ६२ हजारले दोस्रो मात्राको खोप लगाइसकेको उहाँले जानकारी दिनुभयो ।

गौतमले भारतीय र चिनियाँ दुवै खोप गरी अहिलेसम्म जम्मा २१ लाखले खोप लगाएको बताउनुभयो । अब भारत र चीनबाट थप खोप ल्याउने पहल कहाँ पुग्यो भनेर गोरखापत्र अनलाइनले राखेको जिज्ञासामा उहाँले आफूलाई यसबारे थाहा नभएको बताउनुभयो । साथै उहाँले स्वास्थ्य मन्त्रालयले रुसी खोपलाई स्वीकृत दिएको र यो ल्याउने अभियानबारे पनि आफूलाई जानकारी नभएको बताउनुभयाे ।

‘मसँग खरिद प्रक्रियाको सम्बन्ध छैन । मैले हेर्ने भनेको खोप सञ्चालनसम्बन्धी अभियानमात्र हो,’ उहाँले भन्नुभयो, ‘पहिलो कुरा अहिले हामीसँग खोप छैन ।’ खोप अभावका कारण बाँकी खोप केही सेन्टरहरुमा आह्वान गर्ने उहाँले बताउनुभयो । त्यसो भए अहिले कति जति खोप स्टक होला त ?  भन्ने प्रश्नमा उहाँले हामीलाई चाहिने भ्यारोसियल खोप हो ।‘ आठ लाखमध्ये तीन लाख ७२ हजारले भ्याारोशियल खोप लगाइसके । अब त्यसलाई दोस्रो मात्राको लागि पनि छुट्याउनुपर्छ । यस हिसाबले हामीसँग खोप कम छ,’ उहाँले भन्नुभयो । उहाँले बाँकी खोप अत्यावश्यक सेवामा संलग्नहरुलाई नै दिने बताउनुभयाे ।

अहिलेसम्म जति पनि खोप लगाइयो फन्टलाइनर, ज्येष्ठ नागरिकलाई मात्र लगाइयो । कोरोनाको जोखिममा त बालबालिका पनि छन् उनीहरुलाई किन खोप नदिइएको भन्ने जिज्ञासामा उहाँले बालबालिकाको लागि कोरोना खोपन नै नबनेको बताउनुभयो । १८ वर्षभन्दा कम उमेर समूहकालाई खोप नै बनेको छैन । कोभिड–१९ को खोप बालबालिकाको लागि नबनेको र यसबारे कुनै तथ्याङ्क पनि नआएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया