श्रमिकको न्यूनतम् पारिश्रमिक वृद्धि गर्ने प्रधानमन्त्रीको घोषणा

  बैशाख १८, २०७८

काठमाडौं, वैशाख १८ : प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकहरुको न्यूनतम् पारिश्रमिक वृद्धि गर्ने घोषणा गर्नुभएको छ ।  शनिबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्ष २०७८–७९ देखि लागू हुने गरी श्रमिकको न्यूमतम् पारिश्रमिक वृद्धि गर्ने घोषणा गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीका अनुसार आगामी आर्थिक वर्षदेखि श्रमिकको न्यूनतम् पारिश्रमिक मासिक १५ हजार रुपैयाँ हुनेछ । हाल श्रमिकहरूको न्यूनतम् पारिश्रमिक मासिक १३ हजाार ४ सय ५० तोकिएको छ भने दैनिक ५ सय १७ तोकिएको छ । अगामी आर्थिक वर्षदेखि दैनिक ज्याला ५ सय ७७ कायम गरिने प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया