पेन्सन लिन बैंक हाजिर हुनुपर्ने व्यवस्था असार मसान्तसम्मका लागि हटाइयाे

  बैशाख १८, २०७८

काठमाडौं, वैशाख १८ : कोरोना सङ्क्रमण अवस्था विकराल बन्दै गएपछि महालेखा नियन्त्रक कार्यालयले पेन्सन लिने बैंकमा उपस्थित हुनुपर्ने व्यवस्थालाई हटाएको छ । सरकारी सेवाबाट निवृत्त भई निबृत्तिभरण पाइ राख्नु भएका निबृत्तभरकहरुले बैंकमा ६/६ महिनामा अनिवार्य रुपमा बैंकमा हाजिर हुनुपर्ने व्यवस्था थियो ।

कार्यालयले यस व्यवस्थालाई सरकारको संचित कोषबाट स्वीकृत बजेटको परिधिभित्र हुने गरी पेन्सन वितरण गर्ने गरी यो व्यवस्थालाई असार मसान्तसम्मका लागि लागु गरेको महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले जानकारी दिनुभयो । निवृत्तीभरण आफ्नो बैंक खाताबाट सोझै लिन सकिने व्यवस्थासमेत गरेको पौडेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया